पोप लियो चौधौंले आइतबार आफ्नो ‘पप्यासी’को शुरुवातमा आयोजित उद्घाटन समारोहमा ‘प्रकृति र गरिबको शोषण रोक्न’ विश्व समुदायसँग अपिल गरेका छन्।
आफ्नो अभिव्यक्तिमा उनले भने, “हाम्रो समयमा धेरै विभाजन र घृणा छ, जुन आर्थिक सोचाइले पृथ्वीका स्रोतहरूको शोषण र गरिबीको उपेक्षामा योगदान पु¥याउँछ।”
विश्वभरका महत्वपूर्ण अतिथिहरूको उपस्थिति बीचमा उनले आफ्नो उद्घाटन प्रवचनमा शान्ति र न्यायका लागि चर्चको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिए।
पोप लियो चौधौंले सबैलाई एक अर्कासँग सद्भाव र समझदारीका साथ जीवन यापन गर्नको लागि एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए। युक्रेनको युद्धको अन्त्यका लागि प्रार्थना गर्दै, उनले युक्रेनी जनता न्यायपूर्ण र दीर्घकालीन शान्तिको लागि वार्तामा सहभागी हुन प्रतीक्षारत रहेको बताए।
पोप लियो चौधौंको स्वागत गर्नका लागि दुई लाख भन्दा बढी श्रद्धालु सेन्ट पिटर्स स्क्वायरमा उपस्थित थिए। उनको उद्घाटन समारोहलाई संयुक्त राज्य अमेरिका सहितका धेरै देशहरूबाट उच्च स्तरको प्रतिनिधित्व प्राप्त भएको थियो।
सुरुमा, पोप लियोले सन्त पिटरको समाधिमा प्रार्थना गरे र त्यसपछि पोप पदको चिन्हहरु ग्रहण गरे। उनले पल्लियम र फिशरम्यान्स रिङलाई सम्मानका साथ प्राप्त गर्दै आफ्नो आधिकारिक कार्यकालको आरम्भ गरे।