२९ बैशाख २०८२ , सोमबार

निजामती सेवासहितका महत्वपूर्ण विधेयक तत्काल पारित गरियोस : प्रधानमन्त्री केपी शर्मा ओली

News
२८ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहितका महत्वपूर्ण विधेयक तत्काल पारित गर्न संसद्सँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक, संघीय निजामती सेवा सम्बन्धी विधेयक, नेपाल प्रहरी सम्बन्धी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयकलाई छिटो पारित गर्न आग्रह गरेका हुन्।

यसैगरी विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पनि प्राथमिकतामा राख्न प्रधानमन्त्रीले आग्रह गरे।