१६ असार २०८२ , सोमबार

स्पेनका नरेशको आयोजनामा रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी

News
१६ असार, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूका लागि स्पेनका नरेश फिलिप द्वितीयले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।

सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन् । प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भइसकेको छ ।