२३ बैशाख २०८२ , मंगलवार

पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

News
१९ बैशाख, काठमाण्डौँ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–८ मा आज बिहान ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकले राक्सिराङ गाउँपालिका–९ का ७० वर्षीय गङ्गाबहादुर स्याङतानलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बाटो काट्ने क्रममा स्याङतानलाई ट्रकले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।