२२ बैशाख २०८२ , सोमबार

पर्सामा अपहरणमा संलग्न ४ जना पक्राउ, अपहरितको सकुशल उद्धार

News
१८ बैशाख, काठमाण्डौँ ।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीले बारा जिल्ला कलैया उप-महानगरपालिका वडा नं. १८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा सकुशल उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १६ गते राति ९:४५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली स्थित एक घरबाट साहलाई उद्धार गरेको हो।

अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, सोही ठाउँका २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालकलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले जानकारी दिएका छन्।