२६ जेष्ठ २०८२ , सोमबार

पर्वतका ६ स्थानीय तहले बनाए आफ्नै भवन, कुश्मा नगरपालिकाको निर्माण हुँदै

News
७ जेष्ठ, काठमाण्डौँ ।

पर्वतका सात स्थानीय तहमध्ये ६ वटाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षमा आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिरहेका छन् । महाशिला गाउँपालिका, मोदी गाउँपालिका, पैँयू गाउँपालिका, विहादी गाउँपालिका र जलजला गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।

ग्रामीण र दुरदराजका स्थानीय तहले वडा कार्यालय र पालिका कार्यालय निर्माण गरिसक्दा सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले भने बल्ल भवन निर्माण सुरु गरेको छ । गत मङ्सिरदेखि भवन निर्माण सुरु भएको र हालसम्म करिब २० प्रतिशत काम सम्पन्न भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

रु १४ करोडको लागतमा बन्ने सो भवन लिफ्टसहित साढे छ तलाको हुने छ । कुश्मा नगरपालिकाले चारवटा घर भाडामा लिएर कार्यालय र शाखा सञ्चालन गरेको छ र मासिक रु एक लाख ५० हजार भाडा तिर्दै आएको छ । फलेवास नगरपालिकाको भवन निर्माण भने अन्तिम चरणमा पुगेको छ ।