२३ बैशाख २०८२ , मंगलवार

पहलगाम हमलापछि पाकिस्तानमा भारतीय गीतहरू प्रसारणमा रोक

News
१९ बैशाख, काठमाण्डौँ ।

भारत र पाकिस्तानबीच पहलगाममा भएको आतंकवादी हमलालाई लिएर बढेको तनावका कारण पाकिस्तानका एफएम रेडियो स्टेशनहरूले बिहीबारदेखि भारतीय गीतहरू प्रसारण गर्न बन्द गरेका छन्। उक्त हमलामा २६ जनाको ज्यान गएको थियो।

पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) का महासचिव शकील मसूदले भने, "पीबीएले देशभरिका पाकिस्तानी एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतहरू प्रसारण गर्न तत्काल प्रभावबाट रोकेको छ।"

लता मंगेशकर, मोहम्मद रफी, किशोर कुमार र मुकेश जस्ता महान् गायकहरूको भारतीय गीतहरू पाकिस्तानीहरूमाझ लोकप्रिय छन् र यहाँका एफएम रेडियो स्टेशनहरूले दैनिक बजाउने गर्छन्।