अफगानिस्तानमा पछिल्लो समय शरणार्थीहरू फर्कने क्रम बढेको छ। शरणार्थी तथा पुनस्र्थापन मन्त्रालयका अनुसार गत अप्रिल १ देखि मे १२ सम्मको ४२ दिनमा १ लाख ७० हजार ९३७ अफगान शरणार्थी स्वदेश फर्किएका छन्।
मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले दिएको जानकारी अनुसार फर्किएकामध्ये १ लाख २८ हजार ४८ जना पाकिस्तानबाट आएका हुन् भने बाँकी इरान र टर्कीबाट फर्किएका हुन्।
यस अवधिमा पाकिस्तानले आफ्ना जेलहरूमा रहेका ३ हजार ३७२ अफगान नागरिकहरूलाई रिहा गरेर अफगानिस्तान फर्काएको पनि बताइएको छ।
गत एक वर्षमा करिब २० लाख अफगान शरणार्थीहरू मुख्यतया पाकिस्तान र इरानबाट अफगानिस्तान फर्किसकेका छन्। शरणार्थी फर्कने क्रम अझै जारी रहेको बताइएको छ।