२४ जेष्ठ २०८२ , शनिबार

माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादी सहित प्रतिपक्षी दलको बैठक जारी

News
२३ जेष्ठ, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रतिपक्षी दलको बैठक बसेको छ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्। प्रतिपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ माग गर्दै संसद् अवरुद्व गर्दैआएका छन्।