२३ बैशाख २०८२ , मंगलवार

मकवानपुरमा रुखले च्यापिएर एकको मृत्यु

News
१६ बैशाख, काठमाण्डौँ ।

मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।

उनले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको बताएका छन्।