२५ जेष्ठ २०८२ , आईतवार

सुनकोसीमा पौडी खेल्ने क्रममा एकको मृत्यु

News
२५ जेष्ठ, काठमाण्डौँ ।

सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको छ।