२६ जेष्ठ २०८२ , सोमबार

ओखलढुंगामा प्रहरीले 'साइबर' कानूनबारे गाउँका विद्यार्थीलाई शिक्षा

News
७ जेष्ठ, काठमाण्डौँ ।

साइबर अपराध नियन्त्रण गर्न विद्यार्थीमार्फत समुदायमा जनचेतना फैलाउने उद्देश्यले ओखलढुङ्गा प्रहरीले विद्यालयहरूमा साइबर कानून सम्बन्धी कक्षा सञ्चालन गरेको छ।

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई प्रहरीले साइबर अपराध र यसबाट बच्ने उपायहरूबारे पढाउन थालेको छ। सिद्धिचरण नगरपालिका-११ स्थित जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको यो सचेतना कक्षा जिल्लाका सबै पालिकाका विद्यालयहरूमा सञ्चालन गरिने जिल्ला प्रहरी प्रमुख मदन केसीले राष्ट्रिय समाचार समिति (रासस) लाई जानकारी दिए।

जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले प्रहरीको यो अभियानले विद्यार्थीहरूमा साइबर अपराधबारे चेतना बढ्ने र समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। उनले 'प्रहरी मेरो साथी' भन्ने नारालाई यस्ता अभियानले सार्थक बनाउने बताए।

यसैबीच, स्थानीयवासीहरूले जिल्लाका दुर्गम क्षेत्रका विद्यालयहरूमा पनि यस्ता कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयहरूमा बालविवाह र लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको थियो।