८ जेष्ठ २०८२ , बिहीबार

रुकुम पूर्वमा नेसपाका जिल्लास्तरीय नेताहरू माओवादी केन्द्रमा प्रवेश

News
७ जेष्ठ, काठमाण्डौँ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का जिल्लास्तरीय नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेसपाका जितमान पुनसहितका जिल्लास्तरीय नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

जनमुक्ति सेनाका पूर्व कमान्डर तथा पूर्व जिल्ला सेक्रेटरीसमेत रहेका पुनलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे। त्यसैगरी नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामीलाई पनि अध्यक्ष दाहालले स्वागत गरे।

पार्टी प्रवेश गर्नेहरूमा नेसपाका जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथ्बीहादुर घर्तीलगायत छन्।

पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै अध्यक्ष दाहालले परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे।