१ जेष्ठ २०८२ , बिहीबार

कांग्रेस र एमालेबीच सत्ता साझेदारीमा समस्या छैन: गृहमन्त्री लेखक

News
१ जेष्ठ, काठमाण्डौँ ।

गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन्।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बीचको समीकरण विघटन नहुने बरु झनै सुदृढ हुने बताए। गृहमन्त्री लेखकले भने, “देश राजनीतिक स्थायित्व र सुशासनतर्फ अगाडि बढिरहेको छ। वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ। शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ।” आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी उनले दिए।