१५ जेष्ठ २०८२ , बिहीबार

रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले सर्वोच्च अदालतको प्रक्रिया माथि गम्भीर प्रश्न

News
१२ जेष्ठ, काठमाण्डौँ ।

रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले सर्वोच्च अदालतमा जेठ ९ गते भएको सुनुवाइ र त्यसपछिको घटनाक्रमबारे सामाजिक सञ्जालमार्फत आफ्नो पीडा र आक्रोश व्यक्त गरेकी छन्। उनले अदालतको प्रक्रिया र मानवीय व्यवहारमाथि प्रश्न उठाउँदै आफूहरूले न्याय नपाएको गुनासो गरेकी हुन्।

निकिताले शुक्रबार सर्वोच्च अदालतमा भएको सुनुवाइमा आफूहरूले न्याय पाउने आशा राखेको तर अदालतको व्यवहारले निराश बनाएको बताइन्। बहस राम्रो भए पनि आदेश आउन ढिलाइ भएको र अन्तिममा प्रवक्ताले जानकारी नदिई न्यायाधीश निस्किएको खबर पाएको उनले उल्लेख गरिन्। उनले अदालत प्रशासन गैरजिम्मेवार भएको र मानवीय व्यवहारसमेत नगरेको आरोप लगाएकी छन्।

निकिताले प्रमाणबिना श्रीमान्लाई मुद्दा लगाएर थुनेको र गैरकानुनी थुनाबारे अदालतले कुनै सुनुवाइ नगरेको गुनासोसमेत गरेकी छन्। गणतान्त्रिक राज्यमा समेत न्याय नपाएपछि आफ्नो विश्वास हल्लिएको उनले बताएकी छन्।