नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको महाधिवेशन एक वर्षभित्र हुने बताएका छन्।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताएका हुन्। आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ। परियारले भने, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ।”
वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए।