१३ असार २०८२ , शुक्रबार

कांग्रेस केन्द्रीय कार्यालय विस्तार हुने, सानेपामा जग्गा खरिद

News
१३ असार, काठमाण्डौँ ।

नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई फराकिलो बनाउने भएको छ। यसका लागि कार्यालयअगाडिको १९ आना जग्गा र त्यसमा बनेको तीनतले घर खरिद गर्ने निर्णय भएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने सम्झौता भएको छ। असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग एक वर्षभित्र पास गर्नेगरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको हो।

जग्गाको कुल मूल्य १३ करोड रुपैयाँ निर्धारण गरिएको छ, जुन पार्टीको विभिन्न तहको लेबी र शुभेच्छुकहरूको सहयोगबाट जुटाइनेछ।