३ जेष्ठ २०८२ , शनिबार

वनमन्त्री शाही र कतारका विशेष दूतबीच भेटवार्ता

News
३ जेष्ठ, काठमाण्डौँ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाबीच भेटवार्ता भएको छ।

सगरमाथा संवाद स्थलमा आज भएको भेटमा दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने बताए।

मन्त्री शाहीले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने जानकारी दिए। मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गरेका थिए।