२१ फाल्गुन २०८२ , बिहीबार

निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा छलफल तीव्र, राष्ट्रिय सुरक्षा परिषद् बैठक आज

News
२० फाल्गुन, काठमाण्डौँ ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक आह्वान गरेकी हुन्।

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय भएको छ।

भोलि सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थापन तथा आवश्यक समन्वयबारे छलफल गर्न सबै सम्बन्धित निकायका प्रमुखहरूसँग बैठक बोलाएकी हुन्।

बैठकमा देशभरको पछिल्लो शान्ति सुरक्षा अवस्था, निर्वाचनको तयारी तथा सुरक्षा रणनीति सम्बन्धी विषयमा सम्बन्धित निकायबाट विस्तृत ब्रिफिङ प्रस्तुत गरिने बताइएको छ।