नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले आफ्नो तेस्रो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले वैज्ञानिकहरूलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि हुने अनुसन्धान र परिणाम दिने काममा केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गरेका थिए।
कार्यक्रममा लोकसेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा रवीन्द्रप्रसाद ढकाललगायतको उपस्थिति थियो।