१ असार २०८२ , आईतवार

म्याग्दीको पाउद्धारमा खेलमैदान निर्माण

News
३१ जेष्ठ, काठमाण्डौँ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्धारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेलमैदान निर्माण गरिएको जानकारी दिए।

अन्नपूर्ण गाउँपालिकाको रु २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाई र ३० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको जानकारी दिए। “विद्यालयको खेलमैदानमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेलमैदान निर्माण गरिएको हो,” उनले भने “पोखोबारी सम्माएर खेलमैदान बनाएका हौँ।”

डोजर परिचालन गरेर सम्माइएको खेलमैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ । खेलमैदान निर्माण गर्न स्थानीय रामकृष्(ा तिलिजाले रु दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गरेका छन् । रु छ लाख ६० हजार मूल्यबराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो।

खेलमैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक÷एक दिनका दरले श्रमदान गरेका छन् । क्लवमा आवद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गरेका छन् । खेलमैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूर्वाधार तयार गर्न बाँकी छन् ।

खेलमैदान निर्माण भएपछि पाउद्धारका युवायुवतीलाई खेलअभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।