१ जेष्ठ २०८२ , बिहीबार

मुस्ताङमा थाक पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा मोटरेबल पुल बन्दै

News
१ जेष्ठ, काठमाण्डौँ ।

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा मोटरेबल पुल निर्माण भइरहेको छ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा बहुवर्षीय ठेक्का लगाएर पुल निर्माणको काम सुरु गरेको हो।

उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ। पुल ३५ मिटर लामो र दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ। हालसम्म भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ।

यसैबीच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो–चिमाङ र मार्फा जोड्ने १० दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ।