१० असार २०८२ , मंगलवार

कुटपिट गरी हत्या गर्ने मानिसहरू नियन्त्रणमा

News
१० असार, काठमाण्डौँ ।

जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ८ घर भएका वर्ष ३२ का कृष्ण लामालाई मकवानपुर घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने विकास लामा लो ले बहिनीको जन्मदिन मनाउन भन्दै मिति २०८२/०३/०६ गते राती टुसाल स्थित विकास लामा लो को घरकोठामा लगी कुटपिट गरी हत्या गर्ने निम्नलिखित मानिसहरूलाई खटिएको प्रहरी टोलीले मिति २०८२/०३/०७ गते पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।

पक्राउ प्रतिवादीहरु:
१. मकवानपुर घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने विकास लामा लो।
२. जि. बारा निजगढ न.पा. वडा नम्बर ७ घर भएका वर्ष २९ का सुगन्द लामा।
३. ऐ, नगरपालिका वडा नम्बर ५ घर भएका वर्ष १८ का सौगात क्षेत्री।
४. जिल्ला मकवानपुर बकैया गाँउपालिका वडा नं. २ घर भएका वर्ष २३ का निसान जिम्भा।