२३ जेष्ठ २०८२ , शुक्रबार

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

News
२२ जेष्ठ, काठमाण्डौँ ।

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कास्की जिल्ला माछापुच्छ्रे–४ बस्ने २४ वर्षीय सरोज पौडेललको मृत्यु भएको हो । गम्भीर घाइते पौडेलको उपचारका लागि दमौली अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।