२५ जेष्ठ २०८२ , आईतवार

नवलपरासीकाे जङ्गलमा मोटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्यु, एक गम्भीर घाइते

News
१३ जेष्ठ, काठमाण्डौँ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगरलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ।

प्रहरीका अनुसार टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।