९ जेष्ठ २०८२ , शुक्रबार

मेक्सिको र अमेरिकाबीच कर हटाउने प्रयास जारी : राष्ट्रपति क्लाउडिया शेनबाम

News
९ जेष्ठ, काठमाण्डौँ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका र मेक्सिकोबीच बाँकी रहेको कर दर हटाउने सहमतिको प्रयास जारी रहेको बताएकी छन्।

आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग बिहीबार कुराकानी गरेको बताउँदै शेनबामले पत्रकारसँग भनिन्, “हामी व्यापारका विषयमा निरन्तर कुरा गरिरहेका छौँ।” “हामी राम्रो सम्बन्ध र संवादका साथ वार्ता जारी राखेका छौँं,” उनले भनिन्।

शेनबामले आफ्ना अर्थमन्त्री मार्सेलो एब्रार्ड थप वार्ताका लागि शुक्रबार वासिङ्टन जाने बताइन्।

ट्रम्पले आफ्नो विश्वव्यापी व्यापार युद्धको एक भागको रूपमा मेक्सिकोलाई लक्षित गरी विभिन्न आयात शुल्कहरू घोषणा गरेका थिए भने केही सामान र उत्पादनमा थप कर नलगाउने सहमति जुटेको छ।

ट्रम्पले मेक्सिकोलाई आफ्नो तीव्र ‘पारस्परिक शुल्क’ सामना गर्ने राष्ट्रहरूको सूचीबाट टाढा राख्न सहमत भएका छन् तर स्टिल र एल्युमिनियम निर्यातले अझै पनि अटोमोबाइल्ससँगै शुल्कहरूको सामना गरिरहेको छ।

ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्र मेक्सिकोको अर्थतन्त्र दुई देशबीचको घनिष्ठ व्यापारिक सम्बन्धका कारण ट्रम्पको करको सबैभन्दा जोखिममा रहेको मानिन्छ।

क्यानाडा र मेक्सिकोले तीन–तर्फी उत्तर अमेरिकी मुक्त व्यापार सम्झौताको लागि कर राहतबाट फाइदा उठाएका छन्।