५ जेष्ठ २०८२ , सोमबार

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

News
५ जेष्ठ, काठमाण्डौँ ।

सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले एक कार्यक्रमका बीच मेलम्चीको पानी वितरण शुभारम्भ गरेका हुन्।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए। सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु¥याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो।

कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता थियो।