नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गए राति आफ्नै निवासमा बाथरुममा लडेर घाइते भएका छन्।
प्रारम्भिक जानकारी अनुसार, लडेपछि उनको टाउकोमा चोट लागेको छ।
उपचारका लागि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो, जहाँ प्राथमिक उपचारपश्चात उनी निवास फर्किएका छन्। थप विवरण आउन बाँकी छ।