नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी जनबलमा सत्तामा पुगेको दाबी गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा बोल्दै अध्यक्ष दाहालले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्याएको बताए ।
"हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका हुन्," उनले भने ।
आफूहरु जनतामाझ आएको र उनीहरुका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने पनि उनले बताए । साथै, उनले आत्मालोचना समेत गरेका थिए ।