१७ असार २०८२ , मंगलवार

महिलाको अश्लील फोटो/भिडियो बनाउने कार्यमा संलग्न एक जना पक्राउ

News
१६ असार, काठमाण्डौँ ।

नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामग्री बनाई बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेको आरोपमा जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ घर भई जिल्ला काठमाडौं, टोखा नगरपालिका ग्राण्डी बस्ने वर्ष २९ को रमेश थापालाई पक्राउ गरेको हो ।

थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसूरमा दिन ५ को म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।