८ जेष्ठ २०८२ , बिहीबार

महायोगी सिद्धबाबाको अयोध्या भ्रमण: नेपालको धार्मिक पर्यटन प्रवद्र्धनको अवसर

News
७ जेष्ठ, काठमाण्डौँ ।

नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि भएको र यहाँ पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम जस्ता अनगिन्ती तीर्थस्थल रहेको उल्लेख गर्दै धार्मिक ग्रन्थहरूले नेपालस्थित तीर्थहरूको विशेष महिमा गाएको छ। यसले नेपाललाई आध्यात्मिक दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ।

यसै सन्दर्भमा, जगतगुरु महायोगी सिद्धबाबालाई भारतको श्रीराम जन्मभूमि अयोध्याधामस्थित श्री मणिरामदास छावनीबाट प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको छ। यो नेपालको वैदिक पहिचान र आध्यात्मिक गरिमाको अन्तर्राष्ट्रिय सम्मान हो। यस निमन्त्रणाले नेपाल–भारत सम्बन्धलाई आध्यात्मिक र सांस्कृतिक रूपमा थप बलियो बनाउने विश्वास दिलाउँछ।

वर्तमान समयमा धार्मिक र आध्यात्मिक तीर्थयात्राको महत्त्व बढ्दै गएको छ। नेपालबाट कैलाश पर्वतमा दर्शनार्थ जाने श्रद्धालुहरूको सङ्ख्या बढ्दो छ भने भारतमा हुने कुम्भमेलामा नेपाललगायत देश–विदेशबाट करोडौं पर्यटक जम्मा हुन्छन्। श्रीराम जन्मभूमि अयोध्यामा राममन्दिर उद्घाटनपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिर भ्रमणपश्चात् भारतीय धार्मिक पर्यटकहरूको उल्लेख्य वृद्धि भएको थियो। सद्गुरुदेवको अयोध्यामा हुने १० दिने कार्यक्रममा मुख्य अतिथिको रूपमा हुने सहभागितापछि नेपाल र भारत दुवै देशबाट धार्मिक तथा आध्यात्मिक तीर्थयात्राको आदान–प्रदान अझै बढ्ने आशा गर्न सकिन्छ।

नेपाल र भारत वैदिक सनातन धर्मका रक्षक हुन्। यस प्राकट्य महोत्सवमा सद्गुरुदेवद्वारा सनातनीहरूमाझ यो भावना उजागर गरिने अपेक्षा गरिएको छ, जसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा उल्लेखनीय टेवा पु¥याउनेछ। नेपालका तीर्थस्थलहरू पशुपतिनाथ, जनकपुर, लुम्बिनी, मुक्तिनाथ आदि लाई केन्द्र बनाएर महायोग शिविर, गुरुकुल शिक्षा, बौद्ध परिपथ र रामायण परिपथ जस्ता धार्मिक तथा अध्यात्मिक गतिविधिलाई संयुक्त पहलद्वारा प्रवद्र्धन गर्नुपर्छ।

अतः अयोध्याधामको निमन्त्रणालाई एक ऐतिहासिक अवसरको रूपमा सदुपयोग गरी धार्मिक पर्यटन प्रवद्र्धन र व्यवस्थापनलाई राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। यसले युवाहरूलाई वैदेशिक पलायनबाट जोगाउँदै स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने र आर्थिक समृद्धिको बाटो खोल्न सकिन्छ।