३ जेष्ठ २०८२ , शनिबार

मदन भण्डारीको योगदान अतुलनीय : माधवकुमार नेपाल

News
३ जेष्ठ, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रममा जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको बताएका छन्।

पार्टीले आज यहाँ आयोजना गरेको ३२औँ मदन–आश्रित स्मृति दिवसमा उनले देशको प्रजातान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा नेताद्वयको योगदान अतुलनीय रहेको बताए।

नेता भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रयोग गरी त्यसलाई लोकप्रिय बनाएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट सिद्धान्तमा जननेता भण्डारी अडिग हुनुहुन्थ्यो भने। कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न जरुरी भएकामा उनले जोड दिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीबराज आश्रितको बलिदानले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको बताए।