१७ कार्तिक २०८२ , सोमबार

मदन भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा : प्रधानमन्त्री ओली

News
१४ असार, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताए।

चौहत्तरौँ मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताए।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औँ जन्मजयन्ती। जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।”

आज एमाले र त्यसको जनवर्गीय सङ्गठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गर्दै मनाउँदै छ।