८ कार्तिक २०८२ , शनिबार

ताप्लेजुङमा पहिरोले घर पुर्दा चार जना घाइते

News
१८ असार, काठमाण्डौँ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका स्थानीय मौसम सेलिङले जानकारी दिएका छन्।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो। कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।