२२ जेष्ठ २०८२ , बिहीबार

काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख निलम्बित

News
२० जेष्ठ, काठमाण्डौँ ।

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि प्रमुखको जिम्मेवारी दिएका हुन्।

महानगरपालिकाले चित्तबुझ्दो जवाफ नआएको भन्दै पाण्डेलाई निलम्बन गरेको जनाएको छ। गुरागाईंले चैत २१ गते कार्यालय जाँदा पाण्डेले हुलहुज्जत गरेको आरोप लगाएका थिए।

यसअघि गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। पाण्डेले आफ्नो कर्तव्य पालना मात्रै गरेको जवाफ दिएका थिए।