३ कार्तिक २०८२ , सोमबार

काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

News
२८ असार, काठमाण्डौँ ।

काठमाडौं महानगरपालिका-१६ गुम्बा चोक नजिक जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सुजन गुरुङ, बिर बहादुर गौतम, धुर्ब अधिकारी, सिकन्दर जैसवाल, हुम बहादुर घले, टेक बहादुर घले, मान बहादुर भण्डारी, मेख बहादुर बराल, गंगाराम लिम्बु र अमृत पुलामी रहेका छन्। उनीहरूको साथबाट ५० हजार २९० रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।