२५ जेष्ठ २०८२ , आईतवार

काठेखोलामा धमाधम पक्की पुल निर्माण, बाह्रैमास यातायात सञ्चालन हुने

News
१२ जेष्ठ, काठमाण्डौँ ।

 बागलुङको काठेखोला गाउँपलिकाभित्र दुई वटा पक्की पुल सञ्चालनमा आइसकेका छन् भने एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। काठेखोलामा वार्षिक एउटा पक्की पुल निर्माण सम्पन्न भइरहेको गाउँपालिकाले जनाएको छ।

दुई वर्ष पहिले लामाबगरमा पक्की पुल सम्पन्न भएको थियो भने गत वर्ष एक्लेखेतस्थित रेश खोलामा मोटरेवल पुल निर्माण भएको थियो। यस वर्ष डुडियाघाटमा अर्को पक्की पुल ढलानको तयारीमा छ। गण्डकी प्रदेश सकारको रु १२ करोड लगानीमा पुल निर्माण जारी रहेको हो। पक्की पुल निर्माण भएपछि रेश, तङ्ग्राम र धम्जामा अब बाह्रैमास यातायातका साधन चल्ने भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।

काठेखोला–२ भिमापोखरा र वडा नम्बर ४ तङ्ग्राम जोड्नेगरी डुडियाखोलामा अर्को पक्की पुल ढलानको तयारीमा रहेको छ। जेठ महिनाभित्रै पुलको ढलान सक्ने तयारी निर्माण व्यवसायीको भनाइ छ। उक्त पुल ढलानका लागि अन्तिम तयारी गरिएको निर्माण कम्पनीका विमलेश आचार्यले जानकारी दिए।