२० जेष्ठ २०८२ , मंगलवार

काठमाडौँमा राप्रपाका अध्यक्ष कमल थापासहित आठ जना पक्राउ

News
१८ जेष्ठ, काठमाण्डौँ ।

काठमाडौँको नारायणचौरमा आज भएको विरोध प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले रोकेको ठाउँ तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेकाहरूलाई अहिले प्रहरी कार्यालयमा राखिएको उनले बताए।

पक्राउ पर्नेहरूमा कमल थापा, प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिना छन्।

राप्रपा, राप्रपा नेपाललगायतले राजतन्त्रको समर्थनमा केही दिनदेखि यहाँ विरोध गरिरहेका छन्।