कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार आज ठूलो गोलभेडा (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, ठूलो गोलभेडा (भारतीय) ६० रुपैयाँमा कारोबार हुनेछ। त्यस्तै, सानो गोलभेडा (लोकल) ५५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ६५ रुपैयाँ र सानो गोलभेडा (भारतीय) प्रतिकिलो ५० रुपैयाँमा किनबेच हुनेछ।
आज रातो आलु प्रतिकिलो ४० रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ र प्याज (भारतीय) ३८ रुपैयाँमा कारोबार हुनेछ। गाजर (लोकल) ५० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली (स्थानीय) ३० रुपैयाँ, मूला रातो ३५ रुपैयाँ, मूला सेतो (लोकल) १५ रुपैयाँ र सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ तोकिएको छ।
यसैगरी, लाम्चो भन्टा प्रतिकिलो ३० रुपैयाँ, डल्लो भन्टा २५ रुपैयाँ, तने बोडी ७० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा ९५ रुपैयाँ, घिउ सिमी (लोकल) ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, राजमा १०० रुपैयाँ, भटमास कोसा १०० रुपैयाँ, तितो करेला २५ रुपैयाँ, लौका २० रुपैयाँ, परबर (लोकल) ६० रुपैयाँ र परबर (तराई) ६० रुपैयाँमा कारोबार हुनेछ। चिचिण्डो ३५ रुपैयाँ, घिरौला ४० रुपैयाँ, झिगुनी ६० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (लामो) ३५ रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ र भिण्डी २५ रुपैयाँमा किनबेच हुनेछ।
आज सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु १२० रुपैयाँ, रायो साग ५० रुपैयाँ, पालुङ्गो साग ६० रुपैयाँ, चमसुरको साग ८० रुपैयाँ, तोरीको साग ६० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, च्याउ (कन्य) १६० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ र निगुरो २५ रुपैयाँ तोकिएको छ।
ब्रोकाउलीको मूल्य ७० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, सजीवन ९० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, ग्याठकोभी ६० रुपैयाँ, सेलरी १८० रुपैयाँ, पार्सले ४०० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना १७० रुपैयाँ, गान्टे मूला ४० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १०० रुपैयाँ, तोफु १४० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फूजी) ३०० रुपैयाँ, केरा (दर्जन) १५० रुपैयाँ, कागती २४५ रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर (हरियो) २०० रुपैयाँ, अङ्गुर (कालो) ३५० रुपैयाँ, तरबुजा (हरियो) ४० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ, भुइँकटहर (प्रति गोटा) २०० रुपैयाँ, काँक्रो (लोकल) ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, रुख कटहर ८० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, किबी ४६० रुपैयाँ र एभोकाडो ६३० रुपैयाँमा कारोबार हुनेछ।
अदुवा प्रतिकिलो १२० रुपैयाँ, खुर्सानी सुकेको ४२० रुपैयाँ, खुर्सानी हरियो ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) ७० रुपैयाँ, खुर्सानी हरियो (माछे) २५ रुपैयाँ, खुर्सानी हरियो (अकबरे) ३५० रुपैयाँ, भेडे खुर्सानी ५० रुपैयाँ, लसुन हरियो १०० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ, लसुन सुकेको चाइनिज ३०० रुपैयाँ, लसुन सुकेको नेपाली २०० रुपैयाँ, छ्यापी सुकेको २०० रुपैयाँ, छ्यापी हरियो १५० रुपैयाँ, ताजा माछा (रहु) ३२० रुपैयाँ, ताजा माछा (बचुवा) २६० रुपैयाँ, ताजा माछा (छडी) २४० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँमा कारोबार हुनेछ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको यो मूल्य आजका लागि अधिकतम थोक मूल्य हो।