१२ असार २०८३ , शुक्रबार

कालीमाटीमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सूची

News
६ जेष्ठ, काठमाण्डौँ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज तरकारीमा गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० र मकै बोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी मटरकोसा प्रतिकिलो रु ९५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ३०, फर्सी पाकेको प्रतिकिलो रु ५०, भिण्डी प्रतिकिलो रु ३०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो रु १६० र च्याउ (डल्ले) प्रतिकिलो रु २८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकेजी रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टे मूला प्रतिकिलो रु ४०, तामा प्रतिकिलो रु १०० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ।

समितिले फलफूलमा स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४० र मेवा (भारतीय) प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२० र ताजा माछा (बचुवा) प्रतिकिलो रु २६० तोकेको छ । समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको हो ।