कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिले तोकेको अधिकतम मूल्य अनुसार गोलभेँडा ठूलो प्रतिकिलो रु ७० र सानो रु ३५ देखि ५० सम्म, आलु रातो रु ३९ देखि ४६ सम्म र प्याज सुकेको रु ५० प्रतिकिलो तोकिएको छ।
अन्य तरकारीहरूमा गाजर रु ६० देखि ८५ सम्म, बन्दा रु ४२, काउली रु ८०, मुला रु ३५ देखि ४० सम्म र भन्टा रु २५ देखि ४० प्रतिकिलोमा कारोबार हुनेछ। बोडी र मकै बोडीको मूल्य रु ५० र रु ७० तोकिएको छ।
सिमी, करेला, लौका, परबर, चिचिण्डो, घिरौला, झिगुनी, फर्सी र भिण्डीको मूल्य पनि निर्धारण गरिएको छ, जसअनुसार घिउ सिमी रु ५० देखि १०० सम्म, तीतो करेला रु ४०, लौका रु ३०, परबर रु ४०, चिचिण्डो रु ४०, घिरौला रु ६०, झिगुनी रु ५५, फर्सी रु ३५ देखि ५० सम्म र भिण्डी रु ४५ प्रतिकिलोमा बिक्री हुनेछ।
यस्तै, पिँडालु, स्कूस, रायोसाग, पालुङ्गो साग, तोरीको साग, हरियो प्याज, च्याउ, कुरिलो र निगुरोको मूल्य पनि तोकिएको छ। ब्रोकाउली रु ८०, चुकुन्दर रु ७०, जिरीको साग रु १००, सेलरी रु ११०, पुदिना रु १६०, तामा रु १२० र तोफु रु १४० प्रतिकिलोमा पाइनेछ।
फलफूलमा स्याउ रु २५० देखि ३३० सम्म, केरा रु १४० दर्जन, कागती रु १४० प्रतिकिलो, अनार रु ३५० प्रतिकिलो, आँप रु ९५ देखि १०० प्रतिकिलो, अङ्गुर रु २५० प्रतिकिलो र तरबुजा रु ७५ प्रतिकिलोमा कारोबार हुनेछ।
अदुवा रु ११०, खुर्सानी सुकेको रु ४२०, खुर्सानी हरियो रु ३० देखि ६० सम्म, हरियो धनियाँ रु १८०, लसुन रु १७० देखि २०० सम्म र ताजा माछा रु २४० देखि ३३० प्रतिकिलोमा बिक्री हुनेछ।