कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य तोकेको हो।
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६० र गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५ मा बिक्री हुनेछ। आलु रातो प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४० र बन्दा (लोकल) प्रतिकिलो रु १५ तोकिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, घिरौला प्रतिकिलो रु ३० र फर्सी पाकेको प्रतिकिलो रु ५० मा कारोबार हुनेछ। भिण्डी प्रतिकिलो रु ६० तथा सलगम प्रतिकेजी रु ८० निर्धारण गरिएको छ।
साग तथा अन्य तरकारीहरूमा सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु ९०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ। ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, कोइरालो प्रतिकिलो रु २५०, ग्याठकोभी प्रतिकेजी रु ६० तथा गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ।
फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६० तथा मेवा (नेपाली) प्रतिकिलो रु ५० तोकिएको छ।
यस्तै, मसलाजन्य वस्तुहरूमा अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १८० र लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२० कायम गरिएको छ। ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० मा कारोबार हुने समितिले जनाएको छ।