७ असार २०८२ , शनिबार

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध, रिडी–बामीटक्सार सडक एकतर्फी खुल्यो

News
७ असार, काठमाण्डौँ ।

शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रहेको छ। कालीगण्डकी गाउँपालिका –१ अन्तर्गत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।

पहिरो नरोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले बताएका छन्। “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैैकल्पीक सडक प्रयोग गर्न आग्रह गरेका छौ,” प्रहरी नायव उपरिक्षक सारुले भने। उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताएका छन्।

पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ। उक्त सडकखण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिका –७ स्थित सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ।