नेपालका लागि जापानी राजदूत माइदा तोरुले आधा शताब्दीअघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईको सम्मानमा शुक्रबार ताहाचलस्थित आफ्नो निवासमा स्मरणार्थ कार्यक्रम आयोजना गरे।
सो अवसरमा पहिलो महिलाको रूपमा सगरमाथा आरोहण गरेको कुरालाई झल्काउँदै राजदूत तोरुले ताबेई लगायत जापानी पर्वतारोहण टोलीको उपलब्धिलाई स्मरण गरे।
ताबेईलाई नेपालका असल साथीहरूले सधैं समर्थन गरेको उनले उल्लेख गरे। राजदूत तोरुले नेपालको भव्य र मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वतारोही र सम्बन्धित व्यक्ति लगायत व्यक्तिगत/तल्लो तहमा यी मित्रता र आदानप्रदानले जापान र नेपालबीचको सुमधुर सम्बन्धलाई बलियो बनाएको पनि बताए।
ताबेईसँग सम्बन्ध भएका पर्वतारोहण लगायत अन्य क्षेत्रका विभिन्न पेशा व्यवसायका धेरै व्यक्ति कार्यक्रममा उपस्थित थिए। नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको साहसिक पर्यटन खासगरी पर्वतीय पर्यटको विकासमा ताबेइको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उहाँले ५० वर्षअघि ताबेईको ऐतिहासिक आरोहणका क्रममा शेर्पा नेताको रूपमा काम गरेका थिए। छिरिङले ताबेई र आफू अन्ततः सगरमाथा पुग्दाको क्षणको बारेमा अनुभव साझा गरे। नेपाल सङ्ग्रहालय सङ्घकी अध्यक्ष लक्पाफुटी शेर्पाले आरोहण अनुभव आदान प्रदान गरिन्।
मे ९, १९५६ मा, तोसियो इमानिशी माउन्ट मनास्लुको पहिलो आरोहण गरेका थिए। मे ११, १९७० मा, नाओमी उमुरा, सगरमाथा आरोहण गर्ने पहिलो जापानी हुन्। यस्तै मे १९, २०१२ मा ७३ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध महिला तामाई वातानाबे यसअघि ६३ वर्षको उमेरमा कीर्तिमान बनाएकी थिइन्।
मे २३, २०१३ मा ८० वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति युइचिरो मिउरा, मे २६, २०१२ मा हिरोताका ताकेउची आरोहण धौलागिरी, ८००० भन्दा माथिका १४ चुचुरो आरोहण गर्ने पहिलो जापानी रहेको दूतावासको विज्ञप्तिमा जनाइएको छ।
५०औँ वार्षिकोत्सवको सम्झनामा ताबेईको वास्तविक जीवनको कथामा आधारित चलचित्र यो शरद ऋतुमा जापानमा रिलिज हुने योजना रहेको छ। कार्यक्रममा पर्यतीय पर्यटनसँग आवद्ध प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, दूतावासका कर्मचारी लगायतको उपस्थिति थियो।