२३ जेष्ठ २०८२ , शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो

News
२१ जेष्ठ, काठमाण्डौँ ।

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। मङ्गलबारको तुलनामा आज सुन तोलामा रु पाँच सय र चाँदी रु ३० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार २०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।