१ जेष्ठ २०८२ , बुधबार

अन्तर–संसदीय सभामुख सम्मेलनका सहभागी प्रधानमन्त्री निवासमा

News
३० बैशाख, काठमाण्डौँ ।

‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी) का सहभागीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन्।

भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत कसरी शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्य प्राप्तिका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तयार रहेको बताए।

भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए।

यसैगरी, नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए।