१६ जेष्ठ २०८२ , शुक्रबार

अपहरण गरी फिरौती माग्ने भारतीय नागरिक पक्राउ

News
१४ जेष्ठ, काठमाण्डौँ ।

नेपाल घुम्न आएका बंगलादेशी नागरिकलाई अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम माग्ने भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौं घुमाई दिने आश्वासनमा पारी ललितपुर महानगरपालिका १५ स्थित एक घरमा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पीडितहरूको साथमा रहेको नगद, मोबाइल लिने तथा उनीहरुका आफन्तलाई WhatsApp मार्फत फिरौती रकम माग गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत गौशालाबाट खटिएको प्रहरी टोलीले संलग्न भारतीय नागरिकलाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा:

१. शिव सौरभ, वर्ष ३८, भारत, दिल्ली
२. दिपक कुमार, वर्ष ३२, भारत, पंजाब
३. संदिप कुमार, वर्ष ३६, भारत, पंजाब
४. जसप्रित सिंह, वर्ष ३८, भारत, पंजाब
५. रमेश जाधव, वर्ष ६४, भारत, कानुपुर