२ जेष्ठ २०८२ , शुक्रबार

भारतीय वातावरणमन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणमा

News
१ जेष्ठ, काठमाण्डौँ ।

भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन्।

उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्। आज अपराह्न काठमाडौँ आइपुगेका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सुरु हुँदैछ।