सन् १९९९ पछिको छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँ अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः सञ्चालनमा ल्याएको छ।
भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थलहरू अब ‘तत्काल प्रभावबाट’ नागरिक उडानका लागि उपलब्ध छन्।
भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ भएपछि गत हप्ता ती विमानस्थलहरू बन्द गरिएका थिए। विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा परिणत हुनसक्ने विश्वव्यापी चिन्ता बढेको थियो।
प्रमुख भारतीय एयरलाइन इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः उडान सुरु गर्ने’ बताएको छ।
युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एकअर्कामाथि यसको उल्लङ्घन गरेको आरोप लगाएका थिए।
यद्यपि, भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन्।