१ जेष्ठ २०८२ , बिहीबार

जासुसी आरोपमा भारत र पाकिस्तानबाट कूटनीतिज्ञ निष्कासन

News
१ जेष्ठ, काठमाण्डौँ ।

भारत र पाकिस्तानले एक-अर्काका कूटनीतिज्ञलाई जासुसीको आरोप लगाउँदै निष्कासन गरेका छन्। दुवै देशले मङ्गलबार एक-एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका हुन्।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई 'अस्वीकार्य व्यक्ति' घोषणा गरी २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको छ। मन्त्रालयले भारतीय कार्यवाहक राजदूतलाई बोलाएर यस निर्णयको जानकारी गराउँदै कूटनीतिक मर्यादा विपरीतका गतिविधिमा संलग्न नहुन आफ्ना कर्मचारीहरूलाई निर्देशन दिन आग्रह गरेको छ।

त्यसैगरी, भारत सरकारले पनि नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा निष्कासित कूटनीतिज्ञले आफ्नो आधिकारिक हैसियत अनुरूप गतिविधि नगरेको उल्लेख छ।